खेलकुद

नेपालको सान्दार जित

Banner

काठमाडौं, भदौ १५-

नेपालले एसीसी प्रियमियर कपमा विजयी सुरुआत गरेको छ । नेपालले बहराइनविरुद्ध सात विकेटको जित निकालेको हो ।

सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका अर्जुन कुमालले अविजित ३६, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन बनाए ।

बहराइनका इमरान जाबेद अन्वरले दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>