देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६२१ जनालाई कारबाही
०

काठमाडौं ,भदौ १४-
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ५५, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ८५, हर्न निषेधमा १९, लेन क्रसमा ५, अवस्था ठिक नभएको १६, एकतर्फीमा ५ र अन्यमा ३३५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























