देश/प्रदेश

बाढी प्रभावितको राहतका विषयमा मन्त्री वादीद्वारा रेडक्रसका पदाधिकारीसँग छलफल

Banner

काठमाडौँ, भदौ १४-

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयका पदाधिकारीसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहतका विषयमा छलफल गर्नुभएको छ ।

उहाँले रसुवा बाढीपश्चात् तत्काल आफ्ना कर्मचारी तथा स्वयंसेवक परिचालन गरी रेडक्रसले घटनास्थलमा गरेको प्रतिकार्यप्रति आज धन्यवाद व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गर्न रेडक्रससँगै सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले महिला तथा बालबालिका, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेकाले यी क्षेत्रसहित मनोसामाजिक परामर्श, पारिवारिक पुनःस्थापनाजस्ता सेवालाई थप प्राथमिकता दिन रेडक्रससँग आग्रह गर्नुभयो ।

रेडक्रसका अध्यक्ष डा विशालकमार भण्डारीले रसुवामा आएको विनाशकारी बाढीपश्चात् प्रभावित क्षेत्रमा स्थलगत भ्रमणका क्रममा आफूले देखेको र अनुभव गरेका आधारमा रेडक्रसले तत्काल प्रतिकार्य सुरु गरेको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले छुट्याएअनुसार समूह ९क्लस्टर० विभाजन गरी महिला, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पु¥याइरहेको जानकारी गराउनुभयो ।

रेडक्रसका महामन्त्री ऋषिरमण खनालले रेडक्रसले सरकारको सहयोगी संस्थाका रूपमा मानवीय सेवा पु¥याउँदै आएको उल्लेख गर्दै यो बाढी प्रतिकार्यमा पनि सरकार, आइएफआरसी, आइसीआरसी, साझेदार राष्ट्रिय सोसाइटी र अन्य सरोकार भएका निकायसँग निरन्तर सहकार्य गरिरहेको बताउनुभयो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा राहत तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको उत्कृष्ट कार्यको प्रशंसा गर्र्र्र्दै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा पु¥याइरहेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले चाइना रेडक्रस सोसाइटी आवश्यक सहयोगका लागि तयार रहेको जनाउँदै अन्य अन्तरराष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको उल्लेख गर्नुभयो । विपद्को यो समयमा आइएफआरसीले नेपाल रेडक्रससँगै सहकार्य गरिरहेको र बाढी प्रतिकार्यका लागि थप सहयोग रकम जुटाउन विश्व समुदायसँग अपिल गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रसले बाढी प्रभावित क्षेत्रमा हालसम्म त्रिपाल दुई हजार थान, कम्बल एक हजार थान, म्याट्रेस एक हजार शान, डोरी ६०० थान, मर्यादित स्वच्छता सामग्री पाँच हजार किट, शव व्यवस्थापन ब्याग एक हजार ७९० थान, प्राथमिक उपचार बाकस ५५, स्ट्रेचर ५० वटा, टेन्ट १५ वटा, आपतकालीन शौचालय ५० थानलगायत सामग्री उपलध गराइएको जनाएको छ ।

साथै पाँच हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अस्थायी बासस्थान, खाना वितरणलगायत कार्य गरिरहेको रेडक्रसले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>