देश/प्रदेश

बाढीप्रभावित क्षेत्रमा फिरिरीद्वारा १० लाख बढीको राहत सहयोग

Banner

काठमाडौं, भदौ १४-

नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।

गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई फिरिरीले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो ।

कम्पनीले सामाजिक संस्था हामी नेपालीमार्फत उक्त राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ । राहत सामग्रीमा नौ सयवटा नयाँ टिसर्ट, खानेपानी र खाद्यान्न सामग्री रहेका छन् ।

प्रवन्ध निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगार्थ थोरै भएपनि आफूहरुले सक्दो सहयोग गरेको बताए ।

‘देश ठूलो पीडामा रहेका बेला हरेक नेपालीले केहि न केहि सहयोग गर्न सक्छौं । सहयोग सानो ठूलो हुँदैन तर साँचो हुनुपर्छ भन्ने मान्यताले हामीले पनि यो राहत सामग्री उपलब्ध गराएका हौं,’ प्रवन्ध निर्देशक खड्काले भने, ‘हामी ठूलो कम्पनी त होइनौं । देशभित्रै केहि गर्नुपर्छ भन्ने युवाहरु मिलेर बनेको कम्पनी हो । हामीले सानो भएपनि सहयोग गरेका छौं । बाढीले हाम्रा घर बस्ती बगाउनसक्ला तर एकता, मानवता र आत्मविश्वास बगाउन सक्दैन भन्ने सन्देश हो ।’

नेपाली युवाले निर्माण गरेको डिजिटल सुपर एप फिरिरी साउनदेखि सञ्चालनमा आइसकेको छ ।

कम्पनीका अनुसार एपमार्फत राइड–सेयरिङ, खाना डेलिभरी, किराना तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा यात्रा बुकिङ, डिजिटल भुक्तानी, घरजग्गा सेवा, घरायसी मर्मत तथा प्राविधिक सेवा, रोजगारी तथा करिअर, अन–डिमाण्ड भिडियो स्ट्रिमिङ ओटीटी र डिजिटल सिकाइसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।

कम्पनीले यी सबै सेवालाई एउटै प्लेटफर्ममा समेटेर प्रयोगकर्तालाई सहज र एकीकृत डिजिटल अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।

फिरिरीले स्थानीय व्यवसाय, घरजग्गा व्यवसायी, सेवा प्रदायक, स्वतन्त्र रूपमा काम गर्ने ९फ्रिलान्सर०व्यक्ति, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिलाई एउटै डिजिटल माध्यमबाट जोड्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।

यसबाट रोजगारी सिर्जना, सेवाको पहुँच विस्तार तथा डिजिटल अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>