देश/प्रदेश
जथाभावी राहत सङ्कलन नगर्न प्रशासनको आग्रह
०

भद्रपुर (झापा), भदौ १४-
रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभावी आर्थिक तथा राहत सामग्री सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह गरेको छ । जिल्लामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले बाढीपीडितका नाममा राहत सङ्कलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो ।
बाढीपीडितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता नम्बर यकिन गरेर मात्र रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ । राहत तथा सहयोगका नाममा हुन सक्ने अनधिकृत सङ्कलन र दुरुपयोग रोक्न प्रशासनले यस्तो सूचना जारी गरेको जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























