देश/प्रदेश
बाढी प्रभावितको लागि गैंडाकोटको जयश्री फुड्सद्वारा २५ लाख रुपैयाँ र पाँच हजार प्याकेट चिउरा सहयोग

चितवन, भदौ १४-
नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालिले भोटेकोशी बाढीपीडितहरूका लागि नगद तथा खाद्यान्न राहत साम्रगी उपलब्ध गराएको छ। कम्पनीका संचालक पवन कुमार अग्रवाल र मुदित अग्रवालले अर्थमन्त्री डा स्वर्णीम वाग्लेमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
कम्पनीका अनुसार बाढीपीडितको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग कोषमा जम्मा गराएको छ । यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आफ्नै उद्योगबाट उत्पादित १ किलोग्रामका पाँच हजार प्याकेट चिउरा राहत स्वरूप उपलब्ध गराउने जनाएको छ। उक्त राहत सामग्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले तोकेको ठेगानामा हस्तान्तरण गरिने कम्पनीका संचालक पवन कुमार अग्रवालले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिका बेला बाढी प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले कम्पनीले यो सहयोग घोषणा गरेको हो।

























