देश/प्रदेश
बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख दुई हजार सहयोग
०

दमौली (तनहुँ), भदौ १४ –
नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ रु एक लाख दुई हजार ८३ प्र प्रदान गरेको छ ।
शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको शाखाका सभापति कृष्णप्रसाद गौतमले राससलाई जानकारी दिनुभयो ।
तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कललाई विपद्का बेला गर्नुपर्ने आफ्नो दायित्वबाट विमुख नहुन अनुरोध गरेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























