देश/प्रदेश
कास्की लगिएका १०२ शवमध्ये पाँच शवको सनाखत (नाम र ठेगानासहित)

चितवन, भदाै १३-
भोटेकोशी बाढीले बगाएर गोरखा, धादिङ, तनहुँ र नवलपुरबाट संकलित १०२ वटा शवहरु कास्की लगिएको छ ।
तीमध्ये पाँच वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिएका छन् ।
सनाखत हुनेहरुमा इलामको सन्दकपुर गाउँपालिका–३ घर भई सुमो चलाउने ३८ वर्षीय दिनानन्द सुवेदी (भाई दिलिप सुवेदीले सनाखत गरेको), अर्घाखाँची पाणिनी गाउँपालिका–७ बस्ने रसुवाको निलकण्ठ माविमा कार्यरत शिक्षक ४५ वर्षीय नारायणबहादुर थापा कब्दार (श्रीमति कमला सूर्यवंशीले सनाखत गरेको) र मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ बस्ने अपर त्रिशूली जलविद्युत आयोजनामा कार्यरत ३६ वर्षीय उद्धव खड्का (भतिजो उपकार खड्काद्वारा सनाखत) रहेका छन् ।
त्यस्तै, ललितपुर महानगरपालिका–१७ भेल्पाशिवनगर घर भई दोसान इनरविलिटी अपर त्रिशुली १ हाइड्रोपावर परियोजनामा कार्यरत ३६ वर्षीय सत्य सुन्दर प्रजापती र नवलपरासीको सुस्ता गाउँपालिका–१ बरुवा घर भई अध्यागमन कार्यालय टिमुरे रसुवामा कार्यरत ३७ वर्षीय यादव भण्डारी रहेको प्रहरी निरीक्षक रिजालले बताए ।

























