देश/प्रदेश
विभिन्न स्थानीय तहलाई ‘विपद् संटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय
०

काठमाडौं, भदौ १३ –
नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विनाशकारी बाढीपछि प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो ।
नेपाल–चीन सीमास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूमा ठुलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























