देश/प्रदेश
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग
०

गुल्मी, भदौ १२-
नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई रु एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
महासङ्घको आज तम्घासमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको गुल्मी शाखाका अध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो ।
विपद्को समयमा पत्रकारले सूचना सम्प्रेषणसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने भावनाका साथ उक्त सहयोग गर्न लागिएको अध्यक्ष खत्रीको भनाइ छ । गुल्मी शाखाले यसअघि कोरोना महामारीका समयमा पनि जिल्लामा अक्सिजन प्लाण्ट निर्माणका लागि आर्थिक अभियान सञ्चालन गरेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























