देश/प्रदेश

बाढीपीडितलाई २८ लाख सहयोग

Banner

काठमाडौँ, भदौ १२-

भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनःस्थापनाका लागि रु २८ लाख ४१ हजार ३२६ आर्थिक सहयोग दाखिला गरिएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिकाले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा दाखिला गरेको हो । तारकेश्वर नगरपालिकाका नगरप्रमुख उपप्रमुख र वडाध्यक्षहरुको १५ दिन, नगरसभा सदस्यको ७ दिनको बराबरको सेवा सुविधाबाट सङ्कलन गरिएको उक्त रकम सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>