देश/प्रदेश

रोजगारीका लागि रसुवा पुगेका १२ झापाली सम्पर्कविहीन

Banner

भद्रपुर (झापा), भदौ १२-

रोजगारी तथा व्यवसायका लागि रसुवा पुगेका झापाका १२ जना भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । बाढीपछि आफन्तसँग सम्पर्क टुटेपछि परिवारजन उनीहरूको अवस्थाबारे खबरको पर्खाइमा छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सम्पर्कविहीनमध्ये १० जना झापाका तथा इलाम र सप्तरीका एक–एक जना छन् । उनीहरूमध्ये केही जलविद्युत् आयोजना तथा निर्माण कम्पनीमा कार्यरत थिए ।

सम्पर्कविहीन हुनेमा बुद्धशान्ति–२ का राजकुमार दियाली, उनकी श्रीमती श्रुती र चार वर्षीय छोरा श्रीराजसहित मेचीनगर, कनकाई, शिवसताक्षी, गौरीगञ्ज र दमकका बासिन्दा रहेका छन् । इलामका विनोद राई र सप्तरीका नवीन श्रेष्ठ पनि सम्पर्कविहीन छन् ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा पुगेका अन्य झापालीको अवस्थाबारे समेत खोजी भइरहेको जनाएको छ । जोखिममा रहेका व्यक्तिबारे जानकारी भए प्रहरी, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>