देश/प्रदेश

रसुवा बाढीमा जुम्लाका ७८ जनाको अवस्था अज्ञात

Banner

कर्णाली, भदौ १२-

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि जुम्लाका ७८ जना सम्पर्कविहीन रहेका छन् । रोजगारीका साथै विभिन्न कामको सिलसिलामा रसुवा गएका उनीहरुको अवस्था तीन दिनदेखि अज्ञात छ ।

आफन्तजनले खोज तथा उद्धार गरिदिनि अनुरोध गरेकाले सोही अनुसार पहल भइरहेको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसार्इंले राससलाई जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेहरुमा पातारासी गाउँपालिका–४ लाम्री गाउँका तीर्थ बुढा, रमेश बुढा, अमर भण्डारी, अनिल भण्डारी, प्रकाश बुढा, विशाल बुढा, ध्रुव बुढा, गणेश बुढा, रमेश बुढा (बी), दीपक बुढा, धनसुर बुढा, भक्त बुढा, सन्तोष बुढा, हिक्मत बुढा, सुरेन्द्र बुढा, धर्मेन्द्र बुढा, लालसिंह बुढा, गणेश बोहोरा, चन्द्र बुढा (क), सोही वडा तिर्खु गाउँका कालो बोहोरा, रामसर बुढा, एक बोहोरा, बिनोद बोहोरा, सनराज बोहोरा, दीपक बोहोरा, दीपराज ऐडी र विवेक बोहोरा रहेका उहाँले बताउनुभयो ।

प्रजिअ प्रसाईका अनुसार पातारासी गाउँपालिका–५ को ल्होर्पका चन्द्र बुढा, कुमार बोहोरा (क), कुमार बोहोरा (ख), मक्क बुढा, धनलाल बुढा, विर्ष बोहोरा, भीम बुढा, कमलसिंह बुढा, प्रवीण बुढा, राम बुढा, पङ्कराज बुढा, विर्ष बुढा, अर्जुन बोहोरा, नन्द बोहोरा, बिस्न बुढा, अमृत बुढा, सोही वडा तलि ल्होर्प गाउँका अर्पण बुढा, भूपेन्द्र बुढा, रुबिन बुढा, राजबहादुर बुढा तथा जप्न गाउँका कुमसिंह बुढा, जीवन बुढा, दीपक बुढा सम्पर्कविहीन छन् ।

त्यसैगरी, वडा नं ६ बाँतागाउँका बबिन बाम, जोरासिंह महतारा, धनलाल महतारा, मन्दिर बुढा, रामचन्द्र बुढा, रामकृष्ण बुढा, बालकृष्ण बुढा, दिपबहादुर बुढा, मानबहादुर महतारा, राजेश महतारा, सौरभ बुढा तथा वडा नं २ तल्फी गाउँका दीपराज बोहोरालगायतका सम्पर्कविहीनको लगत सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताउनुभयो ।

यस्तै गुठिचौर–१ का चोत्र गाउँका दिनेश महतारा, वडा नं २ को मुडुरी गाउँका मुनिप्रसाद ऐडी, गोरबहादुर बुढा, डिल्ली बुढा, सोही वडा गोठिगाउँका बिस्न बोहोरा, टेकबहादुर बोहोरा, भीमप्रसाद बोहोरा, अङ्गत बुढा, वडा नं। ५ देपालगाउँका प्रकाश आचार्य, चन्दननाथ नगरपालिका–१ का धनबहादुर रावत, १० का भानुप्रसाद देवकोटा, सिंजा गाउँपालिका–४ बारेगाउँका बिमल बुढा र दर्शन बुढा तथा हिमा गाउँपालिका–२ ओदीगाउँका मनरुप बुढा सम्पर्कविहीन रहेको प्रजिअ प्रसाईले बताउनुभयो ।

भागेर बाँचेका बुढाको आग्रहः सरकार छिटो जुम्ला पुर्याइदेऊ

भागेर बाँच्न सफल पातारासी–४ लाम्री गाउँका सिंह बुढाले अहिले आफू धुन्चेमा रहेको र खान बस्न निकै समस्या भएको राससलाई बताउनुभयो । उहाँले त्यो क्षण सम्झँदै भन्नुभयो, “हामी त्रिशुली–३ को हाइड्रोपावरको हाँकुबेँसी २१६ नं ड्यामसाइडमा काम गरिरहेका थियौँ । मेरो राति ड्युटी भएकाले सकेर बसेको थिए । बिहान करिब ८ः४५ बजेतिर होला, भूकम्प आएजस्तो गरी जमिन हल्लियो । उत्तरतिर हेर्दा अजङ्गको बाढीको धुवाँ मात्र देखियो । त्यतिबेला मलगायत जुम्लाका १३ जना माथितिर माग्न सफल भएर बाँच्यौँ । हामीसँगै दौडेर अन्य ठाउँका ६ जना पनि बाँच्न सफल भयौँ ।”

ड्यामसाइडमा काम गरिरहेका जुम्लाका मात्र करिब एक सय जना भएको बताउँदै बुढाले बाढीले कतिलाई सोरेर लग्यो भन्ने यकिन नभएको बताउनुभयो । फोन गर्नेहरु सबैले विभिन्न आश्वासन दिए पनि रसुवा सदरमुकाम धुन्चेमा निकै कठिन तरिकाले बस्नु परेको दुखेसो उहाँको छ । बुढाले आफूसँग कपडा, खान किन्ने रकम नभएकाले सरकारलाई छिट्टै जुम्ला पुर्याइदिन आग्रह गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>