देश/प्रदेश
नुवाकोटमा बाढीपहिरो प्रभावित ७७१ जनाको उद्धार
०

नुवाकोट , भदौ १२ –
जिल्ला प्रशासन कार्यालय, नुवाकोटले बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म ७७१ जनाको उद्धार गरेको जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विपद्का कारण जोखिममा परेका नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरी ७७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
उद्धार गरिएका नागरिकको विवरण जिल्ला प्रशासन कार्यालयले संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























