समाचार
बाढी प्रभावितको सहायतार्थ: टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने
०

काठमाडौँ, भदौ १२-
टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ रु एक करोड २० लाख प्रदान गर्ने भएको छ ।
नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले राससलाई जानकारी दिनुभयो ।
यसैगरी, बाढीबाट क्षतिग्रस्त भएका क्षेत्रमा कुनै एक सार्वजनिक संरचना ९सडक, पुल वा विद्यालय० निर्माणका लागि सम्बन्धित स्थानीय तहलाई रु एक करोड अनुदान उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























