अर्थ

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग

Banner

काठमाडौं , भदौ ११ –

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्न थालेका छन् ।

यसै क्रममा गोर्खा ब्रुअरीले आफ्नोतर्फबाट १० करोड रुपैयाँ नगद सहयोग गरेको छ । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि सहयोग रकम परिचालन गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>