देश/प्रदेश

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन

Banner

रामेछाप, भदौ ११-

रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत सिन्धुलीका स्थानीयहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्।

सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्ल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दाहरू रहेका छन्।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आफन्तहरूले आफ्ना मानिसहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरी तथा स्थानीय प्रशासनमा जानकारी गराएका थिए।

बाढी प्रभावित क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएका कारण पनि सम्पर्कमा आउन ढिलाइ भएको हुनसक्ने अनुमान गरिएको छ। आफन्तहरूलाई धैर्य धारण गर्न र कुनै सूचना प्राप्त भएमा तुरुन्त जिल्ला प्रशासन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>