देश/प्रदेश

भोटेकोशी बाढीः तुनहँमा भेटिएका नौ शव पोखरा ल्याइयो

Banner

गण्डकी, भदौ ११-

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो । “चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “हामी अहिले शव व्यवस्थापनको काममा खटिरहेका छौँ ।”

बुधबार बेलुका तनहुँको आँबुखैरेनी–४ देखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रका फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकामा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो । आँबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढाइएको तनहुँ प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>