तनहुँ

त्रिशूलीमा बाढीः बेपत्ताको खोजतलास

Banner

दमौली (तनहुँ), भदौ ११ –

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तनहुँस्थित त्रिशूली नदीमा बगाएर ल्याएका नौ वटा शवको कानुनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ ।

बाढीका कारण बेपत्ता व्यक्तिको खोजतलासलाई प्राथमिकता दिँदै आज पनि त्रिशूली नदी आसपासका क्षेत्रमा व्यापक खोजी तथा उद्धार कार्य सञ्चालन गरिने भएको छ ।

खोजतलासका लागि प्रहरी निरीक्षक प्रदीप सुवेदी र प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

शव देखापरेमा वा प्रहरी सेवा आवश्यक परेमा प्रनाउ घिमिरेको ९८५६०६२२५५ वा जिल्ला प्रहरी कार्यालय तनहुँको ९८५६०९०१७८ मा सम्पर्क गर्न आग्रह गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>