देश/प्रदेश
मन्त्री डा तिमिल्सिनाद्वारा घाइतेको अवस्था जानकारी
०

नुवाकोट, भदौ ११ –
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट उद्दार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गर्नुभएको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्दार गरेर नेपाली सेना, श्री नं १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ । सो अवसरमा मन्त्री डा तिमिल्सिनाले सरकारले बाढी प्रवाहित क्षेत्रमा खोज, उद्दार र राहतलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























