देश/प्रदेश

भोटेकोशी बाढीः खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन

Banner

खोटाङ, भदौ ११ –

रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए÷नभएको तथा आफन्तसँग सम्पर्कमा रहे\नरहेको जानकारी गराउन अनुरोध गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पु¥याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>