देश/प्रदेश
थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान
०

काठमाडौँ, भदौ १० –
सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गर्नुभयो ।
गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिनुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























