देश/प्रदेश
रसुवा विपद् उद्धारमा सबै एकजुट हौँः अध्यक्ष राई
०

काठमाडौँ, भदौ १०-
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवामा गएको बाढीका कारण विपद्का पीडितलाई तत्काल राहत र उद्धार गर्न एक जुट्नु हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद राईले यो विपद्बाट गहिरो पाठ सिक्दै राष्ट्रिय सङ्कटको रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले सबै राजनीतिक दलले मिलेर राहत उद्धारमा सक्रिय हुनुपर्ने सुनाउनुभयो । उहाँले भन्नुभयो, “विपद्बाट जोगिन ‘प्रोएक्टिभ’ योजना बनाउनुपर्छ । विपत्का बेलामा चाहिले हेलिकप्टर, सामग्री, विपद् व्यवस्थापनसँग जुध्न सक्ने उपकरण र जनशक्ति तयार पार्नुपर्छ ।” त्यस्तै, विपद्को सूचना संयन्त्रलाई प्रभावकारी बनाउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























