देश/प्रदेश

बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा कम

Banner

काठमाडौँ, भदौ १०-

रसुवास्थित भोटकोशी नदिमा आएको बाढीको प्रभाव माथिल्लो क्षेत्रको तुलनामा तल्लो तटीय क्षेत्रमा कम देखिएको छ ।

जल विज्ञान तथा अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भने बढीबाट तल्लो नदी तटीय क्षेत्रमा पनि हुन सक्ने क्षतिलाई दृष्टिगत गरी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीका कारण फुर्केखोलास्थित जलमापन केन्द्रले १० दशमलव आठ मिटर जलसतह मापन गरेको र त्यसपछि उक्त केन्द्र तथा पुलसमेत बाढीले बगाएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढीसम्बन्धी तत्काल सूचना लिन बाढी पूर्वानुमान महाशाखाको ११५५ को २ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने महाशाखाका हाइड्रोलोजिस्ट सौगात भुसालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>