Breaking News

राष्ट्रिय विपद् जोखिम प्राधिकरणले भन्यो– भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ

Banner

काठमाडौं, भदौ १० –

रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले बुधबार विशेष सतर्कताका लागि अनुरोध जारी गर्दै रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा १००, १२३४ र १११४ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई अनुरोध गरिएको छ ।

प्राधिकरणले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ ।

प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्म नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>