देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
०

काठमाडौं,भदौ १०-
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ७४, रातोबत्तीमा ६३ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठिक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























