चितवन विशेष

भरतपुर–६ मा टोलस्तरीय तीज गीत प्रतियोगिता हुने

Banner

चितवन, भदौ ९-

भरतपुर महानगरपालिका–६ नं. वडा कार्यालयले हरितालिका तीजको अवसरमा टोलस्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ।

वडाले “तीज हाम्रो संस्कृति, हाम्रो शान, सबै मिली जोगाऔँ हाम्रो पहिचान” भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागेको वडा अध्यक्ष कृष्णलाल श्रेष्ठले जानकारी दिए । यसका लागि वडा अन्तर्गतका सम्पूर्ण टोल विकास संस्थाहरूलाई सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोल विकास संस्थाहरूले भदौ १८ गतेसम्म आफ्नो टोलको नाम दर्ता गराउनुपर्ने वडा कार्यालयले जनाएको छ।

तीज गीत प्रतियोगिता भदौ २२ गते सोमबार बिहान १० बजेदेखि भरतपुरस्थित अरुणोदय कलेजको प्राङ्गणमा सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने समुहले रु. २०,०००, द्वितीय हुनेले रु. १५,००० र तृतीय हुनेले रु. १०,००० पुरस्कार पाउने छन् । यस्तै दुई समुहललाइ सान्त्वना रु. ५,००० का दरले पुरस्कार प्रदान गरिने वडा सचीव त्रीलोक पन्तले जानकारी दिए ।

प्रतियोगिताका मुख्य नियम:

वडा–६ का स्थायी बासिन्दा सहभागी हुनुपर्ने, प्रत्येक समूहमा नृत्यसहित ७ जना सहभागी रहने, गीतको अधिकतम अवधि ७ मिनेट हुने तथा निर्णायकको निर्णय अन्तिम हुने जनाइएको छ। सहभागी टोलीलाई यातायात खर्चको व्यवस्था पनि वडा कार्यालयले गर्ने उल्लेख गरिएको छ।
वडा अध्यक्ष कुणालाल श्रेष्ठले सबै टोल विकास संस्थाहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>