देश/प्रदेश

पत्रकार कल्याणकारी कोष १० लाखको स्थापना गर्ने निर्णय

Banner

बाँके, भदौ ९ –

नेपाल प्रेस युनियन बाँकेले रु १० लाख राशिको अक्षयकोष रहने गरी ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्नेभएको छ ।

युनियनका सचिव भीष्म लोधका अनुसार, नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकारको पेसागत जोखिमलाई ध्यानमा राख्दै उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । युनियन बाँकेका अध्यक्ष कमल खत्रीले पत्रकारलाई कामका सिलसिलामा आइपर्ने जोखिमका घटनामा केही राहत पुर्याउने उद्देश्यले कोष स्थापना गर्ने निर्णय भएको बताउनुभयो ।

पत्रकार समाचार सङ्कलनमा निस्कदा जतिबेला पनि दुर्घटनाको जोखिम हुन सक्ने भएकाले यस्तो अवस्थामा कोषबाट सञ्चारकर्मीलाई सहयोग पुगोस् भन्ने हेतुले कोष स्थापना गरिएको उहाँको स्पष्टोक्ति छ ।

यसैबीच नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक केशवराज कोइरालाले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>