देश/प्रदेश

गोलबजार–३ मा पुल नजिकै युवतीको शव फेला

Banner

सिरहा, भदौ ९-

सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, हत्या नै भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्नेबारे प्रहरीले अनुसन्धानपछि मात्रै वास्तविकता बाहिर आउने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>