देश/प्रदेश

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

Banner

जनकपुरधाम, भदौ ९ –

आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२र८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन् ।

मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२र८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएका छन् ।

गत आर्थिक वर्ष २०८२र८३ मा मधेस प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दत्र्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१ , धनुषामा ७७७ , बारामा ६३९ , सर्लाहीमा ६३६ , सिरहामा ५५४ , रौतहटमा ५३३ , महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दत्र्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताउनुभयो । गत आव २०८२र८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ ।

सूचना अधिकारी महतोका अनुसार गत आव २०८२र८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दत्र्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट रु पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको सूचना अधिकारी महतोले बताउनुभयो । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरुको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>