देश/प्रदेश

सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका

Banner

दिपेश पौडेल,

रौतहट, भदौ ७

बाराको कलैया उपमहानगरपालिका–१, कट्टीपर्साबाट हराएकी दुई वर्षीया बालिका बिन्दी मण्डल सकुशल भेटिएकी छन् । स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझदेखि घरैबाट बेपत्ता भएकी थिइन् ।

उनलाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा एक स्थानीय महिलाले फेला पारेकी हुन् । फेला परेलगत्तै ती महिलाले बालिकालाई नालाबाट उद्धार गरी आफ्नो घरमा लगेर हेरचाह गरेकी थिइन् । पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शनिबार साँझ बालिका हराएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र कुँवरको नेतृत्वमा रहेको सुरक्षा निकायको टोलीले रातभर तीव्र खोजी अभियान चलाएको थियो ।

खोजी कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको थियो । उक्त खोजी अभियानमा नेपाल प्रहरीलाई सशस्त्र प्रहरी र नेपाली सेनाले समेत सहयोग गरेका थिए । सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयास तथा स्थानीयको सजगताका कारण बालिकालाई समयमै सकुशल फेला पार्न सफल भएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>