क्रिकेट

जिम्बाबेका स्टार अलराउन्डर राजा चितवनबाट एनपीएल खेल्ने

Banner

चितवन, भदौ ६-

चितवन राइनोजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजालाई अनुबन्ध गरेको घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटका अनुभवी अलराउन्डरका रूपमा परिचित राजा आफ्नो ब्याटिङ र बलिङ दुवै क्षमताबाट खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उच्चस्तरीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् भने विश्वभरका प्रमुख टी–२० फ्रेन्चाइज प्रतियोगितामा समेत उल्लेखनीय प्रदर्शन गर्दै आएका छन्।
चितवन राइनोजले राजाको अनुभव, अलराउन्ड क्षमता र नेतृत्वदायी गुणले आगामी एनपीएल सिजनको तयारीमा रहेको टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
उनको अनुबन्धसँगै चितवन राइनोजको अन्तर्राष्ट्रिय खेलाडी संयोजन थप सशक्त बनेको क्लबको भनाइ छ। आगामी सिजनका लागि प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने रणनीतिअन्तर्गत राजाको आगमनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
@highlight

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>