देश/प्रदेश

लागुऔषधसहित तीन जना पक्राउ

Banner

भद्रपुर (झापा), भदौ ६-

झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शुक्रबार राति झापा गाउँपालिका–४ चर्तागाछीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरीलाई पक्राउ गरिएको हो ।

जाँचका क्रममा निजको साथबाट प्लास्टिकसहित सात ग्राम १० मिलीग्राम ब्राउनसुगर तथा नाइट्रोजन ट्याब्लेट १८ थान बरामद भएको छ । त्यस्तै, आज बिहान भारततर्फबाट साइकलमा नेपाल आउँदै गरेका शिवसताक्षी–६ का २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डीलाई टाघनडुब्बा स्कुल टोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।

निजहरूको साथबाट प्लास्टिकसहित एक ग्राम ७५ मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>