देश/प्रदेश

टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै

Banner

काठमाडौँ, भदौ ६-

अष्ट्रेलियामा जारी टप एन्ड टी-२० क्रिकेट सिरिजअन्तर्गत बङ्गलादेश हाइपरफर्मेन्स-११ विरुद्धको खेलमा नेपाल ‘ए’ पुरुष टोलीले टस हारेर ब्याटिङको मौका पाएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले हार व्यहोरेको थियो । नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै जितको खाता खोल्ने योजनामा छ । टप एन्ड टी-२० सिरिजको इतिहासमा बङ्गलादेशविरुद्ध नेपालको यो दोस्रो भेट हो ।

गत संस्करणमा भएको खेलमा बङ्गलादेश ‘ए’ विरुद्ध नेपाल ३२ रनले पराजित भएको थियो । जारी प्रतियोगिताका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>