देश/प्रदेश
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
०

मुस्ताङ, भदौ ६-
शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोमअन्तर्गत म्याग्दी-सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ । वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला आयोजना कार्यलयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध बेनी-जोमसोम सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । विभिन्न सञ्चारमाध्यममा अझै पनि उक्त सडक अवरुद्ध भन्ने समाचार आइरहेकाले भ्रामक सामग्रीको विश्वास गर्न यात्रुहरूलाई आग्रह गर्नुभयो । करिब दुई घण्टा अघि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जनाउँदै शर्माले अहिले आवागमनमा कुनै समस्या नभएको बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























