समाचार

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

Banner

गुल्मी, भदौ ५ –

बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उपचारका क्रममा उहाँको आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । पाण्डे स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खस्दा गम्भीर घाइते हुनुभएको थियो ।

घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो । घाइते पाण्डेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल पुर्‍याएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>