देश/प्रदेश

लागूऔषधसहित १४ जना पक्राउ

Banner

काठमाडौँ, भदौ ५-

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट एक, मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट दुई र जहदा गाउँपालिका–६ पोखरीया चोकबाट एक जना पक्राउ परेका छन् ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ पुलजिपबाट तीन, स्याङ्जाको वालिङ नगरपालिका–१ रामबाच्छा ठाटीबाट दुई, सुनसरीको इटहरी उपमहानगरपालिका–७ बज्राहाबाट एक र चितवनको भरतपुर महानगरपालिका–१ बाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल, बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र टापेन्टाडोल बरामद गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>