देश/प्रदेश
चामे–बेँसीसहर सडक अवरुद्ध
०

मनाङ, भदौ ५ –
हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे–बँेसीसहर सडक अवरुद्ध भएको छ । नासोँ गाउँपालिका–३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो ।
सडक भासिदा पूर्ण रुपमा चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो । “वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिराले अवरुद्ध हुने गरेको छ”, उहाँले भन्नुभयो, “भासिएको सडक खुलाउन उक्त क्षेत्रमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी पुगिसकेका छन् ।”
मनाङको एक मात्र लाइफलाइन रहेको उक्त सडकमा यात्रा गर्नेहरुले कहिले लमजुङको पहिरो त कहिले मनाङको पहिरोका कारण सास्ती भोग्नु परेको स्थानीय देवेन्द्र गुरुङले बताउनुभयो । “मनाङी त सधैँ सास्तीमा रहनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।
क्षमताभन्दा धेरै भार भएका गाडीका कारण पनि यो सडक भासिएको हुनसक्ने स्थानीय पासाङ लामाले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



















