देश/प्रदेश
एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात
०

झापा, भदौ ५-
भारत, बङ्गलादेश र अमेरिकामा गरी एक वर्षमा रु नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाटबाट उक्त सागसब्जी निर्यात गरेको जनाएको हो । आर्थिक वर्ष २०८२/८३ मा छ हजार ५१९ मेट्रिक टन बन्दागाभी, सिमी र हरियो खुर्सानी निर्यात भएको हो ।
बन्दागोभी छ हजार २०१ मेट्रिक टन भारत निर्यात हुँदा रु नौ करोड ४७ लाख ६२ हजार विदेशी मुद्रा प्राप्त भएको छ ।
यसैगरी, हरियो खुर्सानी रु एक लाख ७६ हजारको र टमाटर रु एक लाख १७ हजारको बङ्गलादेश निर्यात भएको हो ।
सोही अवधिमा २६० मेट्रिक टन सिमी अमेरिका निर्यात हुँदा रु पाँच लाख ९९ हजार रकम नेपाललाई प्राप्त भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























