देश/प्रदेश

हेटौंडामा विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाएकी सुमित्राको शव दिनपछि भेटियो

Banner

हेटौँडा, भदौ ५-

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान फेला पारेको हो ।

गत मङ्गलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सुमित्रासहित चार जना बालिका खहरेमा बगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार खहरेमा बगेका तीन जना बालिकाको ज्यान गएको छ । एक बालिका भने बाढीले किनारतर्फ बगाउँदा बच्न सफल भएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>