Breaking News
आजको मौसमः देशभर बदलीसँगै वर्षा र चट्याङको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
०

काठमाडौं, भदौ ५-
देशभर साधारणतया बदली रहने भएको छ ।
देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। त्यस्तै, मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
सम्भावित वर्षा, मेघगर्जन र चट्याङका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























