अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग १२० थान परमाणु हतियार छः दक्षिण कोरिया

Banner

सोल,भदौ ४-

उत्तर कोरियासँग ८० देखि १२० थानसम्म परमाणु हतियार रहेको अनुमान दक्षिण कोरियाले गरेको छ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेको अनुमानभन्दा निकै धेरै हो । ट्रम्पले उत्तर कोरियासँग ५७ थान यस्ता हतियार रहेको हुन सक्ने हालै बताएका थिए । तर दक्षिण कोरियाली रक्षा मन्त्री अह्न ग्यु–ब्याकका अनुसार उत्तर कोरियासँग १२० थानसम्म परमाणु हतियार हुन सक्छ ।

आफूहरूले सामान्यतयाः हतियारको संख्या ८० देखि १२० आसपास देखेको तर यसलाई सटीक संख्या बताउन गाह्रो भएको आहनले संसदीय समितिमा भनेका छन् । यो संख्या निजी अनुसन्धान संस्थाहरूको अनुमानबाट लिइएको अनि दक्षिण कोरियाको सेनाले आधिकारिक रूपमा यसको पुष्टि गर्न नसक्ने पनि उनले बताए ।

एक दिनअघि ट्रम्पले किमसँग ५७ थान अति नै शक्तिशाली परमाणु हतियार छ भनेर भनेका थिए । ट्रम्पले बुधबार ह्वाइट हाउसमा उत्तर कोरियाली नेता किम जोङ उन र यस वर्षको अन्त्यमा उनीसँग भेट्ने योजनाहरूको बारेमा छलफल गर्दा यो टिप्पणी गरेका थिए ।

दक्षिण कोरियाले प्रायः सार्वजनिक रूपमा उत्तर कोरियाको परमाणु हतियार भण्डारबारे बोल्ने गरेको छैन । उत्तर कोरियालाई सरकारले परमाणु हतियारले सुसज्जित राष्ट्र मानेको हो भन्ने प्रश्नमा उनले आधिकारिक रूपमा यस्तो भन्न नसक्ने बताए । उनले ट्रम्पको टिप्पणीमा पनि कुनै प्रतिक्रिया दिन मानेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>