देश/प्रदेश

‘सुन्दर बङ्गलादेश’ फोटो प्रदर्शनी

Banner

काठमाडौँ, भदौ ४ –

एक सय ८७औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपाल र बङ्गलादेश फोटो पत्रकार सङ्घ ९बिपीजेए० को संयुक्त आयोजनामा काठमाडौँमा ‘सुन्दर बङ्गलादेश’ फोटो प्रदर्शनी भएको छ ।

काठमाडौँ दरबार क्षेत्रको वसन्तपुरमा आयोजित प्रदर्शनीमा बङ्गलादेशका फोटो पत्रकारहरूले क्यामेरामा कैद गरेका प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, कला, जनजीवन तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न तस्बिर प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले नेपाल र बङ्लादेशका फोटो पत्रकारबीचको भाइचारा तथा सहकार्यले दुई देशबीचको आपसी सम्बन्ध र मित्रतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र बङ्गलादेशका फोटो पत्रकारबीचको २१ वर्ष लामो मित्रता र सम्बन्धलाई फोटोग्राफीमार्फत थप सुदृढ बनाउने उद्देश्यले गरिएको प्रदर्शनीले दुई देशबीचको पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने बताउनुभयो ।

बङ्गलादेशबाट बिपीजेएका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा १२ फोटो पत्रकार नेपाल आएका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>