विजनेश
कल्पु इलाइट ज्वेलर्समा गरगहना खरिदमा भदौ १० गतेसम्म १० प्रतिशत छुट

नारायणगढ, भदौ ३-
नारायणगढको बिग बजारस्थित उदय मार्केटमा ‘कल्पु इलाइट ज्वेलर्स’ सञ्चालनमा आएको छ। विगत चार वर्षदेखि कल्पु कलेक्सन सञ्चालन गर्दै आएकी सञ्चालक कल्पना पौडेल खड्काले ग्राहकहरूको बढ्दो माग र रोजाइलाई ध्यानमा राख्दै नयाँ ज्वेलर्स सञ्चालनमा ल्याएकी हुन्।
ज्वेलर्सको एक औपचारिक कार्यक्रमका बीच आज भब्य उद्घाटन गरिएको हो। उक्त उद्घाटन समारोहमा चर्चित टिकटक प्रयोगकर्ता (टिकटकर)हरूका साथै ठूलो संख्यामा ग्राहक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।
विशेष गरी महिला ग्राहकहरूको चाहना र मागलाई मध्यनजर गर्दै कृत्रिम (आर्टिफिसियल) गरगहनाको बिक्री वितरणका लागि ज्वेलर्स सञ्चालन गरिएको सञ्चालक खड्काले बताइन्। हाल बजारमा सुनको मूल्य अत्यधिक बढेकाले सर्वसाधारण तथा महिलाहरूका लागि सुनजस्तै देखिने आकर्षक पहेँलो रङका आधुनिक गरगहनाहरू उपलब्ध गराइएको छ।
ज्वेलर्समा तिलहरी, पोते, टप, हार, चुरा लगायत महिलाहरूलाई चाहिने सम्पूर्ण श्रृंगारका सामान तथा गरगहनाहरू सुलभ मूल्यमा उपलब्ध छन्। यसका साथै कल्पु कलेक्सन अन्तर्गत पार्टीवेयर साडी, कुर्ता सुरुवाल लगायतका फेन्सी कपडाहरू पनि एकै स्थानमा पाइने सञ्चालक खड्काले जानकारी दिइन्।
चितवन आसपासका ग्राहकका अलावा देश–विदेशमा रहेका महिलाहरूलाई लक्षित गर्दै अनलाइन तथा डेलिभरीको समेत व्यवस्था गरिएको छ।
नयाँ शोरुम सञ्चालनको अवसरमा भदौ ३ गतेदेखि १० गतेसम्मका लागि सम्पूर्ण गरगहना खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था समेत गरिएको छ।

























