स्वास्थ्य

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल

Banner

काठमाडौँ, भदौ ३ –

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष प्राडा पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

डा पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्नुभएको छ ।

उहाँले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गर्नुभएको हो । त्यसअघि उहाँले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गर्नुभएको थियो ।

प्राडा पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसक्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>