देश/प्रदेश

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिनुहुँदै

Banner

कर्णाली, भदौ ३ –

कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसक्नुभएको । नेकपा ९एमाले०को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>