समाचार

प्युठानमा पाँच जनाको शव फेला

Banner

प्युठान,साउन २८-

प्युठानमा पाँच जनाको शव फेला परेको छ । आज बिहान स्वर्गद्धारी नगरपालिका– ९ जुडापाटास्थित माडी खोला किनारको फरक–फरक स्थानमा पाँच जनाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरि अधिकारीले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जानकारी दिए । उनका अनुसार मृतक पाँचै जनाको सनाखत हुन बाँकी छ ।

रोल्पाको पहिरोमा बगेकाहरूको शव खोलाले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको डीएसपी अधिकारीले जानकारी दिए । भेरिफाइ चाहिँ भएको छैन । तर रोल्पाको पहिरोमा बगेकाहरूको शव हुनसक्ने अनुमान हामीले गरेका छौँ, अधिकारीले भने, त्यो खोला उतैबाट आउँछ । गए राति रोल्पाको थवाङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>