देश/प्रदेश

स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा प्रतीक्षालय निर्माण

Banner

म्याग्दी, साउन २३ –

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतीक्षालय निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको रु तीन लाख र शिख्तानी समाजले प्रदान गरेको रु तीन लाख ८५ हजार ५५० मा प्रतीक्षालय बनाइएको हो । प्रतीक्षालयमा खानेपानीको व्यवस्थाका साथै शौचालय पनि निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले राससलाई बताउनुभयो ।

कालीगण्डकी घाटमा दाहसंस्कार गर्न आउने शिख र घारका मलामी तथा बेनी–जोमसोम सडकका यात्री प्रतीक्षालयबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>