देश/प्रदेश

कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

Banner

भोजपुर, साउन २३ –

भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, सङ्कलनस्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधनका आवश्यक संरचना निर्माण हुने छन् । केन्द्र निर्माणको पाँच प्रतिशत लागत पालिकाले व्यहोर्ने छ । केन्द्रको निर्माण चालु आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने लक्ष्य छ ।

केन्द्र निर्माणपछि कृषिमा आधारित उद्यम विकासका साथै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरेर रोजगारीका अवसर बढाउने गाउँपालिकाको लक्ष्य छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>