देश/प्रदेश
भन्सार छलीका सामानसहित दुई सिटी सफारी नियन्त्रणमा
०

भद्रपुर (झापा), साउन २२-
झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले रु पाँच लाख ४५ हजार ६५० बराबरको भन्सार छलीको लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानसहित दुई वटा सिटी सफारी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण, झापाबाट खटिएको सशस्त्र प्रहरी मोबाइल टोलीले मेचीनगर नगरपालिका–१५ स्थित बङ्गसल सीमा क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामानसहित ती सवारीसाधन बिहीबार साँझ जाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सामान तथा सिटी सफारीलाई आवश्यक कानुनी कारबाहीका लागि आज भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उक्त गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























